लुम्बिनी प्रदेशको एक जिल्ला गुल्मी को स्थानीय तह धुर्कोट गाउँपालिका मा पनि चुनावी माहोल तातिएको छ । उम्मेदार आआफ्नो घोषणा पत्र लिएर गाउगाउ मा पुगेका छन् त्यस्तै एक उम्मेदार हुन् भुपाल पोखरेल उनि नेकपा माओवादी का युवा नेता तथा लुम्बिनी प्रदेश कमिटी सदस्य पोखरेल धुर्कोट गाउँपालिका को अध्यक्ष मा उम्मेदार दिए पछि उनको पक्ष विपक्ष मा बहस सुरू भएको छ ।
भुपाल पोखरेल करिब १६/१७ वर्ष देखि देश परिवर्तन गर्नुपर्छ त्यसको लागि युवाहरू पोखरी मा हाम फाल्न तयार हुनुपर्छ भनेर बा आमा को न्यानो काख छोडि दश वर्षे जनयुद्द जसलाई जनक्रान्ति पनि भनिन्छ!! त्यहि १० वर्ष क्रान्ति पछि नेपाल मा संघीय लोकतांत्रिक गणतन्त्र को स्थापना भयो र त्यसको आधार मा, ७५३ स्थानीय तह, ७ प्रदेश मा देशलाई केन्द्रित अधिकार लाई विकेन्द्रीकरण गरेर गाउगाउ मा अधिकार प्रत्यायोजन भयो!!
भुपाल पोखरेल २०७४ को निर्वाचन मा अध्यक्ष पदमा विजयी भयर ५ वर्ष कार्यालय पृरा गरेर फेरि पनि ५ वर्ष धुर्कोट को सेवा गर्छु भनेर लागिरहेँका छन् ।
५ वर्षमा उनको नेतृत्व मा धुर्कोट धेरै परिवर्तन भयो यसलाई हामी आज विवेचना गर्छौ । धुर्कोट गाउँपालिका यस्तो गाउँपालिका हो जहाँ गाउँपालिका बनाउँन (भवन) बनाउँन जग्गा थिएन त्यसतो कमजोर धरातल भयको गाउमा पोखरेल ले सङ्कलप गरे र छोटो समय मै गाउँपालिका भवन बनाउँन सफल भय र देशकै पहिलो गाउँपालिका धुर्कोट जहाँ आफ्नै भवन बाट जनता लाई सेवा दिन थालियो ।
चुनाको बेला घरदैलो अभियान मा जाँदै गर्दा पोखरेल भन्छन् चुहिने खरको छाना भान्सामा एउटा गमला मा चुहिएको पानी थापिरहेँको देख्दा अठोट गरे अब म खरको छाना मुक्त गाउँपालिका बनाउँने छु ।
पहिलो आर्थिक वर्षमै बजेट छुट्याएर खरको छाना मुक्त गाउपालिका बन्यौ धुर्कोट :
ग्रामीण क्षेत्र भौगोलिक स्थिति र सडक ले गर्दा सुस्तकेरी हुँदा महिला ले भोग्नु परेको दुख र सुत्केरी महिला उचित उपचार को अभाव ले अकाल मै मोर्नु पर्ने यो देशकै लागि दुखद थियो गाउपालिका को अठोट र परिश्रम ले गर्दा निशुल्क एम्बुलेंस सेवा २४ वै घण्टा उपलब्ध गराउँने पहल पोखरेल ले गरे त्यसै अनूरूप कार्य को कार्यन्यनन भयो अहिले शुन्य (०) प्रतिशत छ मृत्यु हुँने सुत्केरी को सङ्ख्या
स्थानीय स्तर को पुस्तक विद्यालय भवन लगायत प्राविधिक विषय को पढाई अहिले धुर्कोट मा हुँने गर्छ संस्कृत को संरक्षण गर्ने उद्देश्य ले संस्कृत विद्यालय गुरूकुल संचालन मा छ!
कृषि क्षेत्रको विकासको लागि चक्लाबन्दी माटो सुँहाउँदो विउ र बेमौसमी खेतीको लागि अनुदान र बाझो जमिनलाई चक्लाबन्दी गरेर अनुदान दिएर कृषि कार्यको लागि उपयोग अहिले हजारौ युवा कृषि कर्म गरेर खुशी साथ जीवन विताएका छन्!!
पर्यटन को विकास गर्न सहिद पार्क, विभिन्न मनोरंजन का साधन र गुल्मी कै ऐतिहासिक गुफ्फा विचित्र गुफ्फा लाई मर्मत तथा आर्कषक बनाउँन गाउपालिका ले उल्लेखनीय काम गर्यौ जसको कुशल नेतृत्व पोखरेल ले गरे ।
कोरोना जस्तो भयानक रोग ले गर्दा विकास निर्माण का काम लाई केहि पछाडि पर्यौ कोरोना को महामारी मा सरह बाट गाउँ फर्किएका लाई यहि रोक्नु पर्छ भनेर विशेष गरि कृषि र पशुपालन लाई जोड दिए जसले गर्दा धुर्कोट गाउँपालिका मासु अन्डा मा आन्तनिर्भर बनेको कुरा सबैलाई थाहा भयकै कुरा हो ।
नेपाल सरकार मातहत रहेँको प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कन मा धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेश मा प्रथम र देशभर तेश्रो विकास गर्ने गाउँपालिका बन्न सफल भयो ।
आर्थिक विकास, पूर्वाधार, शिक्षा ,स्वास्थ्य, सामाजिक सेवा, सुशासन लगायत दर्जनौ सुचक मा गरेको मूल्याङ्कन मा धुर्कोट पहिलो हुनु भुपाल पोखरेल को भिजन, लगाव र देश र जनता प्रति को जिम्मेदार को मूल्याकंन हो ।
विगत को ५ वर्ष मूल्याकंन गर्दा भुपाल पोखरेल विकास प्रेर्मी र समाज परिवर्तन गर्न सकिन्छ भन्ने अभियान का अभियन्ता हुन् भन्न सकिन्छ । भुपाल पोखरेल ले आजसम्म गरेको र भोलि के गर्छौ के गर्दैनौ भन्ने जनता माझ् बुझाउन सके विजयी अवश्य उनको हातमा छ । अब विजयी भए समग्र धुर्कोट को आर्थिक क्रान्ति गर्नै, वैदेशिक पलायन रोक्ने गाउपालिका लाई देशकै पहिलो बनाउँने र समृद्ध धुर्कोट गाउँपालिका बनाउँने उनको लक्ष्य रहेँको छ!