वैशाख १९ गते -इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना बेपत्ता भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीमा माटो खन्ने क्रममा आइतबार विहान ११ बजेतिर हराएका तुलसीपुर उपमहानगरपालिका–१७ का हरि चौधरी बेपत्ता भएको हो ।२४ घण्टादेखि डोजरले माटो फालेर चौधरीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए । ४० फिट गहिरो रहेको र वरपरबाट माटो खसिरहेकाले पनि निकाल्न समस्या भएको प्रहरीले बताएको छ ।स्थानीय डिल्लीबहादुर रोकाको घरमा इनार खन्ने क्रममा उनी बेपत्ता भएका जिल्ला प्रहरी दाङले जनाएको छ ।
यो पनि पढ्नुहोस -कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासोमा झुन्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र उनकी श्रीमती २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनीहरुले गत २६ चैतमा मात्रै प्रेम विवाह गरेर कैलाली आफन्तकोमा आएर बसेको र २७ चैतदेखि बेपत्ता थिए ।
आइतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेको थिए । सडेको अवस्थामा फेला परेका शव उक्त जोडीको भएको प्रमाणित भएपछि प्रहरीले स्थानीयको रोहबरमा मुचुल्का उठाइ आफन्तको जिम्मा लगाएको छ ।उनीहरूले २७ चैतमै आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।