लुम्बिनी प्रदेशमा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएकालाई पाटिले निष्कासन गरेकाे छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यीय ६ जना सहित २१ जनाले एमालेबाट विद्रोह गरेका छन् । स्थनीय तह चुनावको टिकट वितरणमा पाटिले अन्याय गरेको भन्दै उनीहरुले पार्टीबाट विद्रोह गरेका हुन् ।
प्रदेश कमिटी सदस्यहरुमा कपिलवस्तुका कुमारमधु बेल्बासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल,प्युठानका टिकाबहादुर गुरुङ तथा रुपन्देहीका सन्जय गुप्ता र बाबुलाल यादव रहेका छन् । उनीहरु मध्ये कतिपयले स्थानीय तह चुनावमा उम्मेदवारी दिएका छन् ।उनीहरुलाई पार्टीको प्रदेश कमिटीले सोमबार विज्ञप्ति जारी गरी साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।
यस्तै रुपन्देहीका ७ वटा पालिकामा स्वतन्त्र उम्मेदवारी दिएका सहित १५ जनालाई पनि साधारण सदस्य नरहने गरी पार्टीले निष्कासन गरेको छ । पार्टीबाट टिकट नपाएपछि उनीहरुले वडा अध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमा देवदह नगरपालिका–१ का हरिबहादुर तामाङ्ग,वडा नं.५ का तोलराज बि.क., वडा नं.७ का पदम थापा, ओमसतिया गाउँपालिका वडा नं.२ का इन्द्रजित यादव, वडा नं.४ का बेचुराम जयसवाल र वडा नं.४ का रामशंकर चाई रहेका छन् ।
यस्तै रोहिणी गाउँपालिका वडा नं.१ का अनिता हरिजन, २ का कान्छा कोहार,४ का नन्दकिशोर कुर्मी, ५ का पशुपतिनाथ यादव,
बुटवल उपमहानगरपालिका वडा नं.१६ की बबिता आचार्य,सियारी गाउँपालिका वडा नं.४ का श्रीप्रसाद श्रेष्ठ, गैडहवा गाउँपालिका वडा नं.६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा नगरपालिका वडा नं. ६ का हरी पाण्डे र ५ का हरी पौडेलले एमालेबाट विद्रोह गरी उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका सबैलाई फिर्ता लिन आग्रह गरिएपनि उनीहरुले अस्वीकार गरेपछि पार्टीले कारवाही गरेको हो ।