जिल्लाको बन्दिपुर गाउँपालिका-३ धोद्रेमा आफ्नै घाँटी रेटी आत्माहत्याको प्रयास गरेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।सोमबार दिउँसो ३ बजे ४५ वर्षका लालबहादुर चेपाङले घर नजिकैको बारीमा गई धारिलो हँसियाले घाँटी रेटेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।उनका अनुसार घाँटी रेटी गम्भिर घाइते चेपाङलाई उपचारका लागि मोति क्लिनिक डुम्रेमा प्राथमिक उपचार पश्चात् पोखरास्थित गण्डकी अस्पतालमा रिफर गरिएको थियो।चेपाङको उपचारको क्रममा मंगलबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डिएसपी खड्काले बताए। उनले किन आफ्नै घाँटी रेटे भन्ने कुरा पत्ता लागेको छैन। घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस -नेपाल प्रहरीमा बिधि र पद्धती मिची ब्याच नै टप गरेर बढुवा गर्ने बिकृतीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले सच्याएको छ ।केपी शर्मा ओली सरकारले आफु अनुकुलका अधिकृतलाई आईजिपी बनाउन चेन अफ कमाण्ड नै भत्काएर भित्र्याएको बेथितीलाई देउवाले ‘चेक एण्ड ब्यालेन्स’ गरेका छन् ।पूर्वप्रधानमन्त्री ओलीले विश्वराज पोखरेललाई आईजिपी बनाउन पटक– पटक ब्याच नै टप गरेर उनको एकल बढुवा गरेका थिए । यसले नेपाल प्रहरीभित्र चरम असन्तुष्टि बढाएको थियो । तर, देउवा सरकारले पूर्वप्रधानमन्त्री ओलीको त्यो षड्यन्त्र सफल हुन दिएनन् । पोखरेलको अस्वभाविक चलखेललाई रोक्दै देउवाले धिरजप्रताप सिंहलाई आईजिपी बनाएपछि अबका दिनमा यस्तो अप्राकृतिक किमिसका चलखेल रोकिने आशा गरिएको छ ।
सिंह र पोखरेल एउटै ब्याची हुन् । भर्नादेखि एसपीसम्म सिंह पहिलो नम्बरमा थिए । तर, राजनीतिक पावरकै आधारमा पोखरेलले एसएसपीमा सिंहलाई उछिनेका थिए । एउटै ब्याचभित्र तलमाथि हुनु स्वभाविक थियो । तर, डिआइजी र एआइजीमा उनको बढुवा निकै अस्वभाविक थियो ।त्यही अस्वभाविक कदम नै कालान्तरमा उनको आईजिपी बन्ने सपनाको बाधक बन्यो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको खास मान्छे भएको व्यक्तिले निष्पक्षताका साथ प्रहरी संगठन चलाउन नसक्ने विश्लेषणका साथ सरकारले धिरजप्रताप सिंहलाई आईजिपी बनाएको छ ।
केपी शर्मा ओली सरकारले आफु अनुकुलका अधिकृतलाई आइजिपी बनाउन चेन अफ कमाण्ड नै भत्काएर भित्र्याएको बेथितीलाई देउवाले ‘चेक एण्ड ब्यालेन्स’ गरेका छन् ।तुलनात्मकरुपमा सिंह पोखरेलभन्दा व्यावसायिक अधिकृत मानिन्छन् । यद्यपि, पोखरेल आफुमाथि अन्याय भएको भन्दै अदालत पुगेका छन् । जबकि उनले यसअघि आफुभन्दा दुई ब्याच सिनियर अधिकारीलाई पछि पारेर डिआइजी र एआइजीमा बढुवा भएका थिए । अहिले उनै पोखरेल ज्येष्ठता मिचिएको भनेर अदालत जाँदा नैतिक रुपमा भने कमजोर देखिएका छन् ।
नवनयिुक्त आइजिपी सिंहले एग्रेसिभ पुलिसिङलाई प्राथमिकता दिने बताएका छन् । शैलेश थापा क्षेत्रीको कार्यकालमा प्रहरी रक्षात्मक अवस्थामा पुगेको थियो । त्यसमा सिंहले परिवर्तन ल्याउने प्रतिबद्धता गरेका छन् । अपराधीविरुद्ध कडा रुपमा प्रस्तुत हुने उनको तयारी छ ।कांग्रेस नेता गगन थापालगायत कांग्रेसकै कतिपय नेताहरु पोखरेललाई आइजिपी बनाउन मरिमेटेर लागेका थिए । वरियता मिच्दा सरकार बदनाम हुने उनीहरुको भनाइ थियो । तर, प्रहरी संगठनलाई राम्रोसँग बुझेका देउवा आफ्नो अडानमा कायम राखे र ओलीको योजना असफल बनाएर प्रहरीको बढुवामा जम्प हानेर आफ्नो स्वार्थसिद्धि गर्न खोज्नेहरुलाई पाठ सिकाएका छन् ।