महाराजगन्ज ,
कपिलवस्तु काे महाराजगन्ज नगरपालिका वडा १ काे वडा अध्यक्ष मा शिव प्रसाद वनिया (कल्लु) मा निर्वाचित भएर वडा १ मा शिक्षा , स्वास्थ , यातायात , बाटोघाटाे र खेलकुदमा गरेको काम काे मुल्यांकन गरेर सर्वसाधारण जनता भन्दैछन कि याे पाली पनि वडा अध्यक्षमा वनियालाई जिताउनु पर्छ ।
शिव प्रसाद वनिया (कल्लु) सरल स्वभावकाे व्यक्तित्व काे रुपमा परिचित रहेका छन् । वनियाले भने कि वडा बाट हुने जुनसुकै काम राेकेकाे छैन अहिलेसम्म वडालाई राम्रो बनाउन काे लागि फेरि मलाई जिताउनु पर्छ । जनताहरुकाे समस्यालाई समाधान गर्नकाे लागि काम गर्नेछु ।
नेकपा एमाले बाट महाराजगन्ज नगरपालिका वडा नं १ काे वडा पद मा शिव प्रसाद वनिया (कल्लु) , वडा सदस्य श्यामलाल तेली , दिपक कुमार कुर्मी , महिला सदस्य शान्ति कुमार काेहार र दलित महिला सदस्य निहा काेरी काे उमेदवारी रहेको छ ।
नेकपा एमाले बाट महाराजगन्ज नगरपालिका काे मेयर पदमा रामदास चाैधरी र उपमेयर मा भानमति यादव काे उमेदवारी रहेको छ ।