बझाङ – पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बझाङको छबिस पाथीभेरा गाउँपालिकाका एक युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।वैशाख १६ गते आफ्ना बाबुसँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई सोही दिन युवकले बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । पीडितका बाबु सँगै बिहेभोजमा मदिरा सेवन गरेका युवकले बालिकालाई चाउचाउ किनिदिने लोभ देखाएर नजिकै रहेको आफ्नै गोठमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ ।
चाउचाउ किनिदिएपछि बालिकालाई बोकेर बिहेभोज स्थलबाट आधा किलोमिटर टाढा रहेको गोठमा लगेर बलात्कार गरेको र बालिका रुन थालेपछि बोकेरै पहिलेकै ठाउँमा ल्याएर छोडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानबहादुर विष्टले बताए । उनी माथि थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस -आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।जिल्लाका चार नगरपालिकाका सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरी , सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालित हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए। उनले आवश्यकताअनुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन हुने र मतदान केन्द्रमा गलत गतिविधि भए तत्कालै नियन्त्रणमा लिनसक्ने गरी सुरक्षा टोली परिचालन हुने सुरक्षा संयन्त्र बनाइएको जानकारी दिए।
उनले प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र अन्य दुई कर्मचारी खटाइने र आवश्यकता पर्दा थप कर्मचारी खटाउन तीन प्रतिशत कर्मचारीलाई जगेडामा राखिएको बताए। मतदान केन्द्रमा खटिने सबै कर्मचारीलाई यही वैशाख २२ र २३ गते तालिम दिइने र यसपछि सामग्रीसहित खटाइने जानकारी दिँदै प्रजिअ शर्माले अनुसन्धानको टोलीबाट दलहरूको आचारसंहिता उल्लङ्घन लगायतका गतिविधिको सुक्ष्म अनुगमन भइरहेको बताए।
जिल्लामा कूल ७७ मतदान स्थल र २१९ मतदान केन्द्र छन्। जिल्लाका भक्तपुर नगरपालिकामा ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८४२ र चाँगुनारायण नगरपालिकामा ४३ हजार १०५ मतदाता छन्।