कमला राना मगर, नवलपुर-पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदकी उम्मेद्बार लक्ष्मी देबि पाण्डे माथी आक्रमण भएको छ ।हुप्सेकोट वडा नम्बर ४ स्थित झ्यालबासको चुनाबी कार्यक्रम सकेर निवास फर्कदै गर्दा २० गते राती १० बजे अध्यक्ष पाण्डे चढेको ग ३ च १६०६ नम्बरको स्कारपियो गाडीमा चोक चोकमा बसेका नेकपा एमालेका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको पाण्डेले बताइन् ।
आक्रमणको डरले निवास जान नसक्ने अवस्था देखेपछी स्थानिय कार्यकर्ता मीन बहादुर कुमालको घरमा शरण लिन जाँदा त्यहाँपनि आक्रमण गरिएको पाण्डेले बताईन । “म कार्यक्रम सकेर फर्कदै थिए निरन्तर ढुङ्गा प्रहार गरियो । निवास जान नसक्ने अवस्था भए पछि स्थानिय कार्यकर्ताको घरमा शरण लिन पुगे, त्यहाँ पनि निरन्तर आक्रमणको सिकार भईरहें ।”
“पाण्डे भन्छिन, हार मानसिकताका कारण आक्रमण गरियो । ” पाण्डेलाई शरण दिएका नेपाली काङ्ग्रेसका कार्यकर्ता मीन बहादुर कुमालका अनुसार नेकपा एमालेका तर्फबाट वडा नम्बर ०१ का वडा अध्यक्षका उम्मेद्बार लाल बहादुर शेरपुजाको नेतृत्वमा एमालेका कार्यकर्ताहरु हुल बाधेर आएका थिए ।“एमाले कार्यकर्ताहरु ज्यान मार्ने उदेश्यले आएको जस्तो देखिन्थ्यो,अनुनय बिनय गर्दा पनि उनिहरु रोकिएनन” कुमाल भन्छन “स्थिती नियन्त्रण बाहिर थियो । ”