सल्यानमा छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु भएको छ ।आफ्नै बारीमा रहेको पैयुको घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी जिल्लाको शारदा नगरपालिका–९ मेलटाकुराका ७१ वर्षीया लति बोहोराको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सिद्धकुमाख गाउँपालिका–४ जाताखानीकी ४० वर्षीया तिलसरी पुनको भिरबाट लडेर मृत्यु भएको छ । आफन्तको विवाहमा गएकी पुन घर फर्किने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । पुनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो ।दुवै शवको जिल्ला अस्पतालमा सल्यानमा स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस -डोटीमा जिप दुर्घटना भएको छ। डोटीको सिलगढी देखी चौखुट्टे जाँदै गरेको से १ ज २१६ नम्बरको जिप डोटीको पुर्वीचौकी गाउँपालीकाको साना गाउँमा दुर्घटनामा परेको डोटीमा जिप दुर्घटना भएको छ। डोटीको सिलगढी देखी चौखुट्टे जाँदै गरेको से १ ज २१६ नम्बरको जिप डोटीको पुर्वीचौकी गाउँपालीकाको साना गाउँमा दुर्घटनामा परेको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बुधबार राती ८ः४५ बजे जिप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्। जिप दुर्घटनामा परेर पुर्वीचौकी गाउँपालीकाका ५० बर्षीय जमुना बोगटी, ४० बर्षीय बाटु बोगटी, सोही ठाउँका १९ बर्षीय कृष्ण बोगटी, ५० बर्षीय तर्मा बोगटी, २० बर्षीय इन्द्र बोगटी,५० बर्षीय बुट्टो सिँह बोगटी, ३५ बर्षीय तर्क बोगटी, ३५ बर्षीय डम्मर साउँद र १६ बर्षीय प्रसन साउँद रहेका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भिर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ भने २ जना डिस्र्चाज भएका छन् ।