नेपाली राजनीतिमा लामो समय देखि बढ्दै गएकाे राजनितीक अस्थिरताले युवा पुस्तामा निरासपन देखिए सगैँ भबिष्यकाे खोजिमा लाखैँको सङ्ख्यामा युवाहरु बिदेशिन बाध्य भएका छन । यस्तो किसिमको धमिलो राजनितीले युवाकै भविष्य अन्धकार तिर धकेलिरहेकाे छ । कुनै पनि मुलुकले युवामा लगानि नगर्दा सम्म त्यो मुलकाे समृद्धि र बिकास सम्भव हुदैन ।
एकातिर महिनै पिच्छे लगातार सरकार परिवर्तन भइरहन्छ, भने अर्कोतिर दलहरू बिचमा सत्ताकाे लुछाचुडि सगैँ दिनप्रतिदिन भष्ट्रचार मौलाईरहेकाे छ भने अपराधिलाई समेत सरकारले संरक्षण गरिरहेकाे छ यस्ता कारण युवाहरूमा राजनीतिक प्रणालीप्रति निराशा बढेको छ । धेरैजसो युवाहरू राजनीतिक स्थायित्व हुने वा देशमा समृद्धि आउने बिषयमा विश्वस्त छैनन् । त्यसैले युवामा आशा जगाउन राज्य र युवा स्वयंले पहलकदमी गर्नु जरुरि दिखिन्छ । अन्तराष्ट्रिय युवा दिवसको नारालाई सार्थकताका तुल्याउन पनि युवाहरुलाई राज्य संचालनका सबै तहमा समान सहभागिता गराउनु युवाका मुद्दालाई बिशेष प्रथामिक्तामा राख्नु र युवामा लागानी गर्नुनै आजकाे मुख्य आवश्यकता हाे ।
आज अगस्ट १२ अर्थात २५ औं अन्तर्राष्ट्रिय युवा दिवस दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका साथमा अन्तर्राष्ट्रिय रुपमै युवा दिवस मनाईदै छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालेको झन्डै २० वर्ष पुगेकाे छ। बिश्वमा दिन प्रतिदिन बढ्दाे डिजिटल प्रविधिकाे प्रयोगमा युवाहरुकाे पहुँच पुर्याउन आकर्षक नाराहरु त ल्याईन्छ । तर यी नाराहरुमा आधारित रहेर बजेट बिनियोजित गर्न भने नेपाल सरकार आफैँ चुकिरहेकाे बिगतमा पनि पाईन्छ र बर्तमानकाे अबस्था पनि उस्तै छ । अहिलेकाे अबस्थामा सरकारले तिनै तहकाे सरकारले युवालाई बिदेश पलाएन हुनबाट रोक्न कुनै त्यस्तो ठोस कार्यक्रम ल्याएकाे देखिदैन ल्याएका कतिपय कार्यक्रमहरु जस्तै युवा उद्यमशीलता विकास, निजी क्षेत्रसँगको साझेदारीमा व्यवसाय विकास केन्द्रहरूको स्थापना, वित्तीय कोषको प्रभावकारी प्रयोग , युवा नवप्रवर्तन , र युवालाई आर्थिक सहयोग उपलब्ध गराउने जस्ता कार्यक्रमहरु सरकारकाे अस्थिरताकै कारण कार्यन्वयन हुन सकिरहेकाे छैन र हरेक बर्ष त्यो बजेट प्रिज भैरहेकाे अबस्था छ र प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा युवाका मुद्दा अपेक्षाकृत रुपमा सम्बोधन हुन सकिरहेका छैनन ।
पछिल्लो समय देशमा बढ्दो बेरोजगारीका कारण युवामा उद्यमशीलता विकासमा आकर्षण, रुचि र स्वरोजगारीको चाहना पनि बढेको देखिएको छ । उद्यमशीलता विकासले आर्थिक वृद्धि, सामाजिक आर्थिक मुद्दा सम्बोधन गर्न र दिगो विकासलाई प्रवर्धन गर्न मद्दत गरिरहेको छ । तर युवाकाे लगानिमा सहकार्य गर्न सरकार तयार नहुदाँ पनि समस्य उत्पन्न भएकाे पाईन्छ । नेपालमा विशेष गरी पर्यटन, कृषि, जैविक खेती, नवीकरणीय ऊर्जा, सूचना प्रविधि र सफ्टवेयरको विकास, ई–कमर्स र अनलाइन सेवा, माइक्रो हाइड्रो, सौर्य ऊर्जा उत्पादन तथा सेवा र स्थानीय शिल्प कौशल सङ्कलन जस्ता क्षेत्रमा उद्यमशीलता विकासका अवसर सम्भावना धेरै देखिन्छ र युवाकाे आकार्षण पनि यिनै क्षेत्रमा बढि देखिन्छ तर यी क्षेत्रमा लगानी गर्न सरकार तत्तपर नरहेकाे कारण पनि बिदेशमा श्रम बेच्न बाध्य छन युवा जनशक्ति ।
हरेक वर्ष झन्डै सात लाख युवा विदेशिने गरेको तथ्यांकहरूले देखाउँछन् । यो निकै डरलाग्दो तथ्यांक हो । युवाहरूलाई उद्यमशीलता र स्वरोजगारका माध्यमबाट मुलुकभित्रै आशा, भरोसा र विश्वास जगाएर मात्र त्यो बिदेश जाने लहरलाई कम गर्न सकिएला । ठोस रूपमा युवालाई देशभित्र रहने वातवरण र माहोल सिर्जना गर्नुपर्छ । यसका निम्ति सहुलियतपूर्ण कर्जा, स्टार्टअप र उद्यमशीलता प्रवर्धन गर्ने सरकारले प्रभावकारी कदम चाल्नै पर्छ ।
नेपालमा संघियता आए सगैँ युवाका बिषयलाई सम्बोधन गर्ने गरी नीतिगत दस्तावेज ‘राष्ट्रिय युवा नीति–२०७२’ र ‘युथ भिजन–२०२५’ तथा दशवर्षे रणनीतिक योजना जारी गरी कार्यान्वयनमा ल्याइयो । सोहि निति अनुसार नेपालमा १६–४० उमेर समूहलाई युवा मानिएको छ । युवाकाे क्षेत्रमा काम गर्न बनाईएका संरचनाहरु पनि सरकारले प्रयाप्त स्राेत र साधन दिन नसक्दा सिथिल अबस्थामा रहेका छन ।
२०७८ अनुसार नेपालमा युवा जनसङ्ख्या ४२.५६ प्रतिशत अर्थात एक करोड २४ लाख १२ हजार १७३ रहेका छन् । २०६८ सालको जनगणनामा युवा ४०.३५ प्रतिशत अर्थात एक करोड छ लाख ८९ हजार ८४२ रहेका थिए । पछिल्ला दुई जनसङ्ख्याको तुलना गर्दा २.२१ प्रतिशतले नेपालमा युवाको सङ्ख्या बढेको देखिन्छ । जनसाङ्ख्यिक हिसाबले युवाको जनसङ्ख्या धेरै रहेको छ । देश विकासका लागि युवा अर्थात् श्रम गर्ने उमेर समूहको जनसङ्ख्या उल्लेख्य हुनु नेपालका लागि राम्रो सूचकाङ्क हो । यसरि हेर्दा नीति निर्माण र नेतृत्व वा राज्य संचालनमा पनि युवाको सहभागिता बढ्दो क्रम देखिनेछ । संघमा १२ प्रतिशत, प्रदेशसभामा २० प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत युवाको सहभागिता रहेको छ।
युवा विकास र सशक्तीकरणकाे सूचकांकलाई आधार मानेर सन् २०२३ को विश्व युवा विकास सूचकांक प्रतिवेदनमा पहिलो नम्बरमा एसियाली राष्ट्र सिंगापुर छ भने नेपाल १०८ औं स्थानमा रहेकाे छ । युवाका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, अवसर, राजनीतिक र नागरिक सहभागिता जस्ता मापदण्डलाई आधार मानेर उक्त प्रतिवेदन तयार गरिएकाे हो । युवाहरुलाई नेतृत्व विकासको माध्यमबाट राष्ट्रिय विकासको मूलधारमा नसमेटी सर्वाङ्गणि राष्ट्रिय विकासको परिकलपना सार्थक हुदैन ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरि सन् २००० देखि अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाइँदै आइएको छ । सर्वप्रथम पोर्चुगलको लिस्वनमा १९९८ अगस्ट ८ देखि १२ सम्म भएको विश्वस्तरीय युवा मन्त्रीहरूको सम्मेलनले युवासम्बन्धी प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावका आधारमा १७ डिसेम्बर १९९९ मा भएको राष्ट्र सङ्घको साधारणसभाको प्रस्ताव नं ५४ र १२० ले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गर्यो । सोही घोषणाका आधारमा सन् २००० अगस्ट १२ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो । नेपालमा पनि सन् २००४ बाट युवा दिवस मनाइँदै आइएको छ । युवाले आफूसँग जोडिएका विषयमा खुलेर बहस तथा अन्तर्क्रिया गर्दै आएका छन् । विश्वभरका सरकारले पनि युवाप्रति आफ्नो दायित्व र प्रतिबद्धता जनाउने गर्छन् । नेपालमा पनि युवाप्रति सरकारको दायित्व रहेका प्रतिबद्धता जाहेर हुँदाहुँदै पनि तदनकूलको परिणाम आउन सकेको छैन ।
नेपालसँग कसरी युवाको इन्टरनेट र प्रविधिमा पहुँच बढाउने र सिपयुक्त बनाउने भन्ने मुख्य चुनौतीकाे बिषय हो । नेपाली युवालाई विश्वबजारमा कसरी प्रतिस्पर्धी बनाउन सकिन्छ तदनकुलको प्रविधियुक्त शिक्षा प्रणालीको विकासमा जोड दिनु पर्छ । अब सरकारले देशभरि निःशुल्क तथा सहज रूपमा अनलाइन शिक्षा प्लेटफर्म, वेबिनार र ई–लर्निङका प्याकेज तयार पार्नु पर्छ । युवालाई घरबाटै उच्चस्तरीय शिक्षा हासिल गर्न व्यवस्था मिलाउनु पर्छ । जसले युवाको ज्ञानलाई विस्तार गर्दै, रोजगार र व्यावसायिक दक्षता बढाउन मद्दत पुग्ने छ । डिजिटल साक्षरताका कार्यक्रमले हरेक ग्रामीण क्षेत्रका युवालाई जोड्नु पर्छ । जसले युवालाई प्राविधिक ज्ञान मात्र होइन, सबल नेतृत्व क्षमता र उद्यमशीलता सहयोग पुर्याउने छ । यसरी हेर्ने हो भने, युवाको ऊर्जा, सिर्जनशीलता, र नेतृत्व क्षमतासँगै, डिजिटल प्रविधिको उपयोगले नेपाललाई समृद्धि र दिगो विकासको मार्गमा अग्रसर बनाउन सरकार जिम्मेवार बन्नु पर्छ । तव मात्र यस बर्षकाे उत्कृष्ट नारा दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ सफल होला ।