धनी राम काेरी
कृष्णनगर , भदौ २०
पाेषण मार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत पालिका स्तरीय पाेषण तथा खाद्य सुरक्षा निर्देशक तथा सराेकारवालसंगकाे बैठक तथा छलफल कार्यक्रम कृष्णनगर नगरपालिकामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सराेकारवालसंग खानपिन बाट हाम्रो जीवनमा के कसरी प्रभाव पर्छ, स्वास्थ्य जीवन बिताउनकाे लागि के गर्नु पर्छ, के के क्रियाकलाप गर्नु पर्छ, आफ्नो जीवन र आफ्नो घरपरिवारलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषय लगायत अन्य विषयमा पनि छलफल भएको थियो ।
कृष्णनगर नगरपालिकाकी उपप्रमुख आरती देवी चाैधरीले सबैले आ-आफ्नो स्तरबाट सकेजति सहयोग गर्नु पर्छ । आफ्नो जीवनलाई सबैले राम्रो बनाउन चाहन्छन् । पालिकाबाट जे जति सहयोग चाहिन्छ त्यो गर्न तयार छाै ।
उक्त कार्यक्रममा कृष्णनगर नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंह, शिक्षा शाखा प्रमुख वि.नि. बलराम पन्थी, कृषि अधिकृत सुदिप माैर्य, सबै वडा अध्यक्षहरु , संघसंस्थाहरुकाे प्रतिनिधि लगायत अन्य व्यक्तिहरुकाे सहभागीता रहेको थियो ।
घ