बुटवलको मेडिटेक अस्पतालको मेडिकल डाईरेक्टरमा डा. सतिस रुपाखेती नियुक्त छन । २२ भदौमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले १ असोज देखि लागू हुनेगरी अस्पतालको मेडिकल डाईरेक्टरमा स्त्रीरोग विशेषज्ञ डा. रुपाखेतीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।
सोहि अनुसार अस्पतालको मेडिकल डाईरेक्टरमा नियुक्त डा. रुपाखेतीले मंगलबार पदभार गरेका हुन । उहनले अस्पतालले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन । उनले अस्पतालले प्रदान गर्ने सेवालाई चुस्तदुरुस्त बनाउने र विरामीको उपचार सेवालाई अझ विश्वसनीय बनाउने पनि बताए।