पब्लिक भ्वाईस नेपालले संबिधान दिवसको अवसरमा नगरिक समाज र सामाजिक अभियान्ताहरु सगँ सूचनामा नागरिकको पहुँच बिषयक अभिमुखिकरण कार्यक्रम गरेको छ ।
सोहि अबसरमा संस्थाका अध्यक्ष राधा बस्नेतले सूचनामा नागरिकको पहुँच हुनुमा हरेक नागरिकहरूले सरकार वा सार्वजनिक संस्थाहरूबाट प्रदान गरिने जानकारी प्राप्त गर्न सक्नुपर्छ। यो लोकतन्त्रको महत्वपूर्ण तत्व हो उहँले भन्नु भयो । जसले पारदर्शिता, जवाफदेहिता, र समावेशितालाई प्रवर्द्धन गर्दछ। सूचनाको पहुँचले नागरिकलाई सरकारी निर्णयहरूको बारेमा सचेत बनाउँछ, उनीहरूलाई आफ्नो अधिकार र कर्तव्यहरू बुझ्न सहयोग गर्छ, र उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी हुन सक्षम बनाउँने अध्यक्ष बस्नेतले बताउनुभयो।
त्यस्तै सोहि संस्थाका महासचिव अम्बिका परियारले सूचनाको हक सम्बन्धि ऐन, २०६४ र कानुनी प्राबधान बारेमा सहभागी नागरिक समाज र सामाजिक अभियन्ताहरुलाई स्पष्ट पार्नुभयो ।नागरिकलाई सूचना प्राप्त गर्ने कानूनी अधिकार प्रदान गरेको छ। यस ऐनअन्तर्गत, कुनै पनि व्यक्तिले सरकारी निकायबाट जानकारी माग्न सक्छन्, र तिनीहरूले १५ दिन भित्र सो जानकारी प्रदान गर्नुपर्छ ।यसले भ्रष्टाचार कम गर्न, सेवा प्रवाहलाई प्रभावकारी बनाउन, र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
अभिमुखिकरण कार्यक्रम पश्चात संस्थाले दीप प्रज्वलन गर्दै संविधान दिवस मनाएको हो । कार्यक्रमा अध्यक्ष बस्नेतले संविधानले नागरिकका अधिकार ग्यारेन्टी गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पब्लिक भ्वाईस नेपालका पदधिकारी सल्लाहकारहरु र सामाजक अभियान्ता लगायत सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो।